Showing posts with label मनोरंजन. Show all posts
Showing posts with label मनोरंजन. Show all posts

Friday, July 14, 2017

नेपाल आइडलबाट चर्चा कमाएका अफ्सर अलिले ल्याए आफ्नो पहिलो सांगीतिक कोसेली ! भिडियो सहित हेर्नुहोस !!!



हिड्न थाल्दै छु बाटो यो नौलो 
===========================



असार ३०, बुटवल
अफ्सर अलि, सायदै अहिले नचिन्ने नाम भने होइन l भन्नु पर्दा युटुबमा खोजि गरिने नाम मध्ये एउटा नाम अफ्सर अलि पनि हो l हाल संचालन मा रहेको चर्चित कार्यक्रम नेपाल आइडल बाट अत्यन्त चर्चामा आएका भर्सटाईल गायक अफ्सर अलिले आफ्नो जीवनको पहिलो अफिसियल म्युजिक भिडियो  बजारमा ल्याएका छन् l उनि भन्छन जित्नु मात्र सबै होइन नजिते पनि अगाडी बढ्ने छु , मैले राम्रो गर्न सके भने पक्कै पनि मेरा स्रोता तथा मेरा समर्थकहरुले मलाई सधै माया दिनु हुने छ र साथ् दिनु हुने छ l 
                 गत वर्ष पौष २०७३, मा  बुटवलको औधोगिक व्यापार मेलामा सम्पन्न भएको गायन प्रतियोगिता "भ्वाइस ऑफ बुटवल-२०७३" मा टप ६ मा पर्न सफल प्रतियोगी अफ्सर अलिले आफ्नो उत्कृस्ट गायन प्रस्तुति देखाए बापत एउटा हौसला र उपहार स्वरूप सोहि प्रतियोगिताका निर्णायक बिशाल आत्रेय लगायत प्रेम नेपाली, सागर पाण्डे र नरेश पाण्डेले प्रदान गरेका छन् एउटा म्युजिक अडियो/भिडियो जसमा संगीत र एरेन्ज रहेको छ बिशाल आत्रेयको, मिक्स/मास्टर गरेका छन् नरेश पाण्डेले, यसैगरी क्यामरामा साथ दिएका छन्  सागर पाण्डेले र गीतमा सुमधुर शब्द लगायत निर्देशन अनि सम्पादन रहेको छ प्रेम नेपालीको l 
        हुन त यो भन्दा पनि पहिला पहिला हुने यस्तै गायन प्रतियोगितामा कतिपय प्रायोजकहरुले  बिजेतालाई ईनाम स्वरूप गीत रेकर्ड तथा म्युजिक भिडियो पनि गराइदिने बाचा गरेका थिए  तर अन्तिममा सबैले आफ्ना वाचाहरु बिर्से जुन कुरा सबैलाइ ज्ञात भएकै कुरा हो तर यो पालि चाहि एउटा सच्चा र संगीतमा नै आफ्नो भविष्य खोज्ने असल गायक अलिले एउटा म्युजिक भिडियो पाएका छन् l " म अत्यन्तै खुशी छु मेरो सांगीतिक पाइलामा एउटा इट्टा थप्ने काम सरहरु बाट भएको छ " यसरि अफ्सर अलि ले जोडे l बागेश्वरी संगीतलय, बुटवलमा दोश्रो वर्षमा गायन सिकिरहेका अफ्सरले आगामी दिनहरुमा अझ मेहेनत गर्ने र संगीतबाट नै आफ्नो सपना पुरा गर्ने तथा राष्ट्रलाई समेत चिनाउने  कोसिस गर्ने छु भन्ने बिश्वास दिए l पक्कै पनि एउटा इमान्दार र मेहेनती कलाकारले उचित स्थान पाउनु पर्छ र सबैले आ आफ्नो ठाउ बाट सकेको  सहयोग पनि गर्नु पर्छ, अफ्सर को सांगीतिक यात्रा सधै अगाडी बढिरहोस्  सांगीतिक उज्वल भबिष्यको  हार्दिक सुभकामना !!

Tuesday, May 2, 2017

बाहुबली २ का कलाकारहरुको पारिश्रमिक कति थियो ?? जान्नुहोस !


‘बाहुबली टु’ गत शुक्रबारविश्वको ९ हजार स्क्रिनमा रिलिज भएको थियो । फिल्मको पहिलो भाग  सुपर डुपर हिट भयो जसका कारण यसको पार्ट टु ब्यग्रताका साथ प्रतिक्षा गरिएको थियो । हामि नेपाली हरु पनि उत्सुकताका साथ् प्रतिक्ष्या गरेको फिलिम थियो बहुबाली २ !
फिल्म निकै भव्य देखिन्छ र राम्रो व्यापार पनि गरिरहेको छ तर फिल्मका कलाकारले कति पारिश्रमिक पाए भन्ने कुरा तपाईलाई थाहा नहुन सक्छ ! बाहुबली २ मा अभिनय गरेका कलाकार हरुले निम्न पारिश्रमिक पाएका थिए !
  (बाहुबली) प्रभास =  २५ करोड 



 अनुष्का शर्मा (देवसेना) = ५ करोड 



 तमन्ना भाटिया = ५ करोड

 राना दग्गुबाती (भल्लाल देव) =१५ करोड

 रम्या कृष्ण (शिवगामी) = २.५ करोड 



(कटप्पा)  सत्यराज =२ करोड 

Tuesday, February 7, 2017

संगीत क्षेत्रमा उदाउदै गरेका " अफ्सर अलि " लाइ ठुलो उपहार !! भिडियो सहित !! VOICE OF BUTWAL 2073

भर्खरै मात्र सम्पन्न भएको बुटवल ट्रेड फेयर २०७३ मा चर्चित कार्यक्रम VOICE OF BUTWAL को TOP 6 मा पर्न सफल कोटिहवा निवासी " अफ्सर अलि " ले उत्कृष्ट गायन प्रस्तुति गरे वापत उपहार स्वरुप एउटा म्युजिक भिडियो सहितको  गीत प्राप्त गरेकाछन ! बुटवलको बागेश्वरी संगीतालायामा दोश्रो बर्षमा गायन सिकिरहेका अफ्सर अलि मेरो कला र प्रस्तुति देखेर सरहरुले मलाई हौसला स्वरुप यो अफर गर्नु भएको कुरा अफ्सर अलिले बताए ! अफ्सर लाइ यो उपहार दिनेहरुमा प्रेम नेपाली , सागर पाण्डे ,  नरेश पाण्डे र VOICE OF BUTWAL मा उनलाइनै JUDGE गर्ने JUDGE बिशाल आत्रेय रहेका छन् ! अफ्सरको गीतमा सब्द प्रेम नेपाली, संगीत र एरेन्ज बिशाल आत्रेय,  गीत रेकर्ड र मिक्सिंग नरेश पाण्डे ( Rhythmic Wave  Studio)  ले गर्ने छन् भने छायाँकन सागर  पाण्डे तथा भिडियो निर्देशन र सम्पादन प्रेम नेपाली को रहने छ ! भर्खरै गीत रेकर्ड को काम पुरा भएको छ र केहि दिनमा  मिक्सिंग मास्टरिङ् लगायत  भिडियोको पनि काम सकिने कुरा पनि अफ्सर ले बताए !

             एउटा राम्रो कलाकारलाई माथि उठाउन को लागि हामीले यो कदम चालेको सहयोगी टिम ले जानकारी दिनु भयो ! बुटवल मा हुने यस्ता कार्यक्रम मा यो भन्दा पहिले पनि धेरैले गीत रेकर्ड गर्दिन्छु भिडियो गर्दिन्छु भनेर आस्वासन देखाए पनि अहिले सम्म कसैले नगरेको कुरा सबैलाइ ज्ञात छदै छ ! यो बिचमा फेरि अफ्सर अलि ले आस्वासन पाएका छन् उनले पाएको  आस्वासन सत्यमा परिणत हुन्छ वा हुदैन हेर्न बाकि नै छ !
         संगीतमा नै भबिष्य खोजिरहेको छु ! मेरो जीवनको यो पहिलो गीत आशा छ राम्रो हुनेछ र मेरो तर्फबाट सक्दो कोशिस गरेको छु ! आदरणीय सर लाई हृदय  बाट धेरै धेरै कृतज्ञता प्रदान गर्छु र मेरो गीत सुनेर र भिडियो निर्माण पछि हेरेर प्रतिक्रिया दिन सबै मा आग्रह गर्छु  यसरि अफ्सर अलिले अन्तिममा ब्यक्त गरे !
   भाइको सांगीतिक भबिष्य उज्ज्वल रहोस सुभकामना !!!!!

गीत
===========================================
 खुशी उमंग सबै भर्दै आयो मौसम , बसन्तको बहार झैँ
सात सुरको रंग छर्दै आयो सरगम , शुन्दर सुरिलो राग झैँ
संग्लिदै छ सपनाहरु , कसरि समेटु हाथले
यहाँ सम्म आइपुगे म , हजुर हरुको साथले
हिड्न थाल्दै छु बाटो यो नौलो        
खोज्दै भोलिको बिहानी सुनौलो  !

कत्ति मिठो यो पल संगालेर राखु  लाग्यो
इतिहास रच्ने जोश जाग्यो
हिड्दै थीए एक्लै जब , अस्तित्व थियो  शुन्य
फेरियो समय मिल्यो अब , मौका मिठो सम्बन्ध बुन्ने
हिड्न थाल्दै छु बाटो यो नौलो        
खोज्दै भोलिको बिहानी सुनौलो !!

सा नि सा नि सा नि सा नि सा ग रे सा नि सा - २
म म ग रे नि सा नि प नि रे नि सा
प ध नि ध नि सा नि सा रे सा रे ग म प
 प म ग रे सा नि सा ग रे सा

थाक्ने छैन कदम , सधै अघि बढ्न सकु
नेपाली हु म  नेपाल लाइ, संसार भरि चिनाउन सकु
नेपाली भाका नेपाली धुन, संसार भरि सुनाउन सकु
लड़बडाउदा पाइलाहरु , आशिर्वाद शिरमाथी
आम बुवा सबै छन् यहाँ , आत्मिय मेरा साथी
हिड्न थाल्दै छु बाटो यो नौलो        
खोज्दै भोलिको बिहानी सुनौलो !!!
============================================





Saturday, November 26, 2016

FIRST COVER DANCE VIDEO " THAMEL BAZAR"- Nepali Movie LOOT-2 // प्रथम कभर डान्स भिडियो " ठमेल बजार "

First Cover Dance Video Of " THAMEL BAZAR"



Cover by BS Crew

Choreography : Jeevan Mishra ( G- One) & BS Crew
Asst. Camera : Sagar Panday
Direction/Camera/Edit : Prem Nepali
Post Production : Bageshwori Sangeetalaya
Special Thanks to Amrapali Party Palace & Bageshwori Sangeetalaya. ( BS)

Wednesday, August 31, 2016

संजिमा लामाको "खोट रहेछ " चर्चामा ( भिडियो सहित )

                         
                                      संजिमा लामाले भर्खरै मात्र रिलिज गरेको "खोट रहेछ " बोलको गीतले चर्चा कमाइ रहेको छ ! पप फ्लेवर मा रहेको यो गीत मा अभिनय भने सचिन , रिक्जेन ,डेजी र नम्रताको रहेको छ । मिगुर कान्छा मगरले लेखेका यस गीतमा संगीत सचिन थापाले गरेका हुन् साथै क्यामेरा पर्सनमा रंधिर र सचिन थापा रहेका छन् । बिगत थुप्रै वर्षबाट गीत संगीत लाइ उत्पादन गर्ने र बजार व्यवस्थापन गर्दै आइरहेको यस आश म्युजिक कम्पनिका  प्रोप्राइटर सचिन थापा स्वयम्  हुनु हुन्छ यस भिडियो को निर्देशन पनि वहाले नै गर्नु भएको छ। तलको लिंक बाट भिडियो हेरेर प्रतिकिरिया दिनुहोला।

Thursday, August 4, 2016

प्रेम नेपालीको "तिम्रै साथ " म्युजिक भिडियो रिलिज (भिडियो सहित )

 बिगत ८ वर्ष देखि संगीतको साधना संगै अगाडी बढिरहेका प्रेम नेपालीले फेरि अर्को आधुनिक म्युजिक भिडियो बजारमा ल्याएका छन् ।  यो म्युजिक भिडियोमा नया अनुहारलाई देख्न पाइन्छ । सब्द कमला क्षेत्री , म्युजिक तथा एरेन्ज सुरेश सेन्चुरी र क्यामेरा तथा निर्देशन  सचिन थापा को रहेको यस भिडियो मा अभिनय भने अर्जून  लोहनी र महिमा गुरुङ को रहेको छ । आश म्युजिक कम्पनि , काठमान्डौ बाट बजारमा आएको भिडियो माया गर्ने जोडीहरुलाई टार्गेट गरेर निर्माण गरेको सचिन थापाले बताउनु भयो।

 

गीत र म्युजिक भिडियो कस्तो बनेको छ एक पटक हेरेर प्रतिक्रिया दिन हुन अनुरोध छ । 


Friday, May 20, 2016

प्रेम नेपाली को नया म्युजिक भिडियो आउने || भिडियो सहित हेर्नुहोस || Director/Camera- Sachin Thapa ( Aash Music Company)

बिगत ७ बर्ष बाट संगीत क्षेत्रमा पाइला अगाडी बढाएका प्रेम नेपाली को नया म्युजिक भिडियो बजारमा आउने भएको छ। ठ्याक्कै मिति सम्झदै भन्नु हुन्छ २०६६ साल चैत्र ८ गते बागेश्वरी संगीतालायमा संगीत को औपचारिक शिक्षा लिन भर्ना भएको थिए। २०६८ सालको पर्दर्शनि आइडलमा 2nd Runner up भए लगत्तै प्रेम नेपाली र रिता पुन को समयुक्त एल्बम " बिबश मन " बजारमा ल्याउनु भएको थियो "जसमा बोल है सानु " भन्ने लोक पप गीत चर्चामा रह्यो।

               सोहि बिबश मन एल्बम मा सामबेश रहेको गीत " तिम्रै साथ माग्छु फेरि " भन्ने आधुनिक गीत को भिडियो बजारमा आउन लागेको हो।  जसमा सब्द कमला क्षेत्री को छ भने संगीत तथा एरेन्ज आफ्नै संगीत गुरु सुरेश सेन्चुरी को रहेको छ र हाल बन्न लागेको म्युजिक भिडियो "आश म्युजिक कम्पनि " काठमान्डौले बजारमाल्याउन लागेको हो जसका प्रोप्राइटर तथा निर्देशक/क्यामेरा मेन सचिन थापा हुनु हुन्छ ।  भिडियो सम्बन्धि सबै काम हरु काठमान्डौमा नै सम्पन्न हुने छ र आश म्युजिक कम्पनि मार्फत छिट्टै रिलिज हुने छ। 
यतिका बर्ष कता हराउनु भयो  भन्ने  हामीले गरेको प्रश्नमा प्रेम नेपाली ले भन्नु भयो " म संगीत सिक्दै छु अझ गहिरिएर संगीत बुझ्ने प्रयासमा छु " । यसरि अझै संगीत लाइ नजिक बाट नियाल्ने कोशिस गर्नको लागि प्रेम नेपाली ले बागेश्वरी संगीतालयमा नै संगीत प्रशिक्षण दिन थालेको ३ बर्ष बितिसके छ र संग संगै भिडियो एडिटिंग पनि गर्नु हुदो रहे छ। 
      छिट्टैनै उत्कृष्ट म्युजिक भिडियो बनोस यही शुभकामना हामि दिन चाहन्छौं। सुझाब र सल्लाहको लागी तलको कमेन्ट बक्स मा कमेन्ट गर्नु होला। 

            Director/Camera- Sachin Thapa ( Aash Music Company)

Thursday, May 5, 2016

बुटवलको उदाउँदो गायक बिक्रम राना ( भिडियो सहित ) RISING STAR OF BUTWAL || BIKRAM RANA

पाल्पा को चिलाङ्दी भन्ज्याङ्ग भन्ने ठाउँ मा जन्मेका बिक्रम सानै उमेर बाटनै गीत संगीत भने पछि हुरुक्कै हुन्थे। कक्षा ४ सम्म को अध्ययन पछि रुपन्देहि जिल्ला को मुर्गिया भन्ने ठाउँमा विक्रमको परिवार सहित बसाइसराइ भयो। त्यसपछि जनकल्याण मा.बि. मा कक्षा ५ बाट पुन अध्ययन सुरु गरेका बिक्रम स्कुलमा हुने कार्यक्रममा समेत भागलिने गर्थे। २०६८ सालमा यस. एल. सी पास गरे पछि नेपाल टेलिभिजन को रियालिटी सो डान्स कम्पुटेसन छमछमि मा भाग लिए उक्त कम्पुटेसन मा तेस्रो राउण्ड सम्म देशभरिको प्रतियोगि बाट top 15 सम्म पर्न सफल भएका थिए ,त्यसबेला उनि काठमाण्डौ को चुच्चे पाटि मा रहेको फ्युचर म्युजिक सेन्टर मा नृत्य पनि सिक्थेँ। त्यसपछी रुपन्देहि कै मुर्गिया स्थित रहेको कलेज सुनगाभामा प्लस टु पढ्दा पढ्दै बुटवल को बागेश्वरी संगीतालयमा गायन सँगित को कक्षा लिन सुरु गरे । करिब 2 बर्ष जति गायन कक्षा लिए संग संगै आफ्नो प्लस टु सम्म को अध्ययन सके पछी रुपन्देहि को रामापुर मा सानो डान्स एकेडेमि खोलेर डान्स सिकाउन थाले र विभिन्न बोर्डिङ स्कुलहरु मा पनि डान्स संगै गायन सिकाऊन सुरु गरे।
यसरि आफ्नो रुचिको क्षेत्रलाइ अंगाल्ने क्रममा आफ्नै सब्द संगीतमा रहेको तिम्रो रुप एति सुन्दर भन्ने एउटा गीत उनले रेकर्ड गरे जसमा एरेन्ज उनकै गुरु सुरेश सेन्चुरी को रहेको थियो। बिक्रम राना को भनाइ अनुसार यो गीतले त्यति धेरै सफलता नदिए पनि अझ अगाडी बढ्ने हौसला प्राप्त भएको बताउछन। मिडिया प्रमोसनराम्रो नहुनाले गीत चल्न सकेन उनको भनाइ छ यदपि गीतले मलाई बिक्रम राना गायक/कालाकार भनेर चिनायो भन्ने दाबि गर्छन। केहि समयको अन्तराल पछि रानाले पुन २ ओटा गीत रेकर्ड गरे झम्के साँझ र हिजो सम्म। झम्के साँझ एउटा लोक पप गीत हो जसमा चर्चित मोडल पुर्णिमा श्रेष्ठ संगै आफैले अभिनय गरेका छन्। बिष्णु भट्टराई को निर्देशन रहेको यो भिडियोको यू टुब भिवर्स राम्रै रहेको रानाले बताए। सब्द सृजना संगै संगीत संयोजन पनि गर्ने बिक्रम राना नृत्य र अभिनयमा पनि दख्खल राख्छन यो कलालाई चाही मान्नै पर्छ। अर्को हिजो सम्म भन्ने गीत को पनि भिडियो बन्ने तयारी भैरहेको बताउछन। नृत्य पनि उनको अर्को पाटो रहेको बताउने रानाले हाल सम्म ५ ओटा म्युजिक भिडियो मा नृत्य कोरियोग्राफ गरिसकेका छन्। भर्खर मात्र एउटा नयाँ गीत मानेन मानेन भन्ने गीत को म्युजिक भिडियो पनि उनले सार्बजनिक गरिसकेका छन् । यसै गरि अरुको एल्बममा गाउने अफर पनि आउने गरेको उनले बताउछन। आधुनिक , फिल्मी ,लोप पप, लोक गीत तथा सेमी क्लासिक गीत पनि राम्रो संग गाउने राना लाइ एउटा सालैजो भाका को गीत गाउने र कोरियोग्राफ गर्ने अफर आएको बताउछन।
अन्त्यमा गीत संगीत बाट बाच्न सकिन्छ? र भबिष्यको योजना कस्तो छ भन्ने मेरो प्रश्नमा बिक्रम राना भन्नु हुन्छ, "जीवन मा धेरै पैसा कमाएर मोज मस्ति गर्ने मेरो रहर छैन, त्यति धेरै ठुला र महत्वाकांछी सपना पनि छैन। अबको योजना देश भक्ति झल्काउने खालको गीत संगीत सृजना गर्छु र जस्ले जे सुकै भनोस सँगित मेरो नशा हो यसैमा मा नै बाच्ने आधार खोजेको छु।"
यसरि गीत संगीतलाई नै जीवन को बाच्ने आधार बनाएर हिड्ने अठोट बोकेका बिक्रम राना मा साँच्चैनै सरस्वतीले बास गरेकी छिन। अझ राम्रो हुँदै जाओस आगामी दिनमा अझ राम्रा राम्रा सिर्जना हामीले सुन्न हेर्न पाइयोस धेरै धेरै सुभकामना बिक्रम राना लाइ।

बिक्रम रानाका म्युजिक भिडियो हेर्न तलको लिंक मा जानुहोस
१- तिम्रो रुप एति सुन्दर


२- झम्के साँझ


३ - मानेन मानेन