Showing posts with label वैदेशिक. Show all posts
Showing posts with label वैदेशिक. Show all posts

Tuesday, March 28, 2017

अब नेपाली मन्दिर अमेरिकामा ,६ लाख डलर पर्ने जग्गा खरिद


               नेपालीको बाहुल्यता भएको मेरिल्यान्ड राज्यमा नेपाली संस्कृति झल्कने हिन्दू बौद्ध मन्दिर निर्माणका लागि छ लाख ८० डलरमा जग्गा तथा भवन खरिद गरिएका छन् ।
“खरिदसम्बन्धी सम्पूर्ण प्रक्रिया हामीहरुले शुक्रबार सम्पन्न गरेका छौँ,” घिमिरेले रासससँग भन्नुभयो – “अब यसको मर्मत सम्भार गरेर आगामी डिसेम्बरसम्ममा सञ्चालनमा ल्याउने सोच बनाएका छौँ । मर्मत सम्भार गर्न र पूर्णरुपमा सञ्चालनमा ल्याउन करिब १६ लाख डलर लाग्ने प्रारम्भिक अनुमान रहेको छ ।”
बैंकको लिलाममा रहेको करिब १० लाख डलर पर्ने मूल्यको ३१ एकड जमिन र बङ्गला, सहायक घर, स्वीमिङ पुल, टेनिस कोर्ट समेतको भौतिक संरचना खरिद गर्न नेपाली समुदाय सफल भएको छ । अमेरिकामा रियल स्टेटको क्षेत्रमा क्रियाशील रहनुभएका र मन्दिर निर्माणका लागि बोर्ड अफ ट्रष्टी समेत रहनुभएका कृष घिमिरेको पहलमा उक्त भौतिक संरचना खरिद गर्न नेपाली समुदाय सफल भएको हो ।
घिमिरेले दिनुभएको जानकारी अनुसार चार महिनाको अवधिमा मेरिल्यान्ड राज्यमा बसोबास गर्दै आएका ८०० परिवारको सहयोगमा रकम सङ्कलन गरिएको हो । छोटो समयमा यसरी रकम सङ्कलन गर्न सफल भएर नेपाली समुदायले महत्वपूर्ण सन्देश दिन सफल भएको छ ।
“हामीहरुले यो अभियानम दोस्रो पुस्ताका युवायुवतीलाई समेत परिचालन गर्दै उनीहरुको संलग्नतामा यसलाई सफल बनाउन लागिपरेका छौँ,” घिमिरेले अगाडि थप्नुभयो – “पारदर्शिता, स्वच्छ कार्यशैली र समुदायको प्रतिबद्धताको कारणले हामी यो सम्पत्ति खरिद गर्न सफल भएका छौँ ।”