Monday, May 16, 2016

बुटवलमा बाटोमुनीको फुल - २ लाई ठूलो सम्मान || २०७३ बैशाख २६ || भिडियो सहित

बुटवलमा नेपाली चलचित्र बाटोमुनीको फुल बनाएका यस कुमारलाई सम्मान  गरियो  । बिगत थुप्रै बर्षबाट गीत संगीतको माध्यामले  जातिय छुवाछुत बिरुद्ध  आवाज उठाइरहेका  यस कुमार पछिल्लो समयमा नेपाली चलचित्र बाट पनि जातिय भेदभाव अनि छुवाछुत बिरुद्ध जन चेतना फ़ैलाइरहेका छन्  । गीत संगीतको कुरा गर्दा यस कुमारका सबै गीतहरु मार्मिक, जातीय छुवाछुत  बिरुद्ध र सुपर हिट  रहेका छन् भन्दा फरक नपर्ला र  गीत संगीत बाट जन चेतना जगाइरहेका एस कुमारले आफ्नो उत्कृष्ट गीत संगीत जस्तै  उत्कृष्ट  चेतना मुलक नेपाली चलचित्र पनि निर्माण गरेका छन्  जसको फलस्वरूप  बाटोमुनिको फुल १ फुल हाउस थियो भने यहि बैशाख १० गते बाट नेपाल अधिराज्य भर चलिरहेको  बाटोमुनिको फुल २ नेपालका अधिकांस फिलिमहल हरुमा फुल हाउस रहेका छन् ।

मिति २०७३ बैशाख २६ गते भिउ सिनेमामा आयोजना गरिएको कार्यक्रम मूल आयोजक सुन चाँदी व्यवसायी संघ बुटवल शाखा रुपन्देही र सह आयोजकहरु  सुन चाँदी व्यवसायी महिला समूह  बुटवल , विश्वकर्मा महिला समाज बुटवल , यस.के समाज रुपन्देही , परियार सेवा समाज रुपन्देही , नेपाल स्वतन्त्र सिलाई व्यवसायी संघ रुपन्देही , दलित पत्रकार संघ नेपाल , दलित महिला संघ रुपन्देही र बागेश्वरी संगीतालय बुटवल ले आयोजना गरेको थियो। 
भिडियो सहित 

No comments:

Post a Comment