Tuesday, May 3, 2016

बुटवलमा यस कुमारलाई सम्मान गरिने ( बाटोमुनीको फुल २ ) S. KUMAR IS GOING TO BE HONOR AT BUTWAL ( Baato Muni ko Phool -2 )

बुटवलमा नेपाली चलचित्र बाटोमुनीको फुल बनाएका यस कुमारलाई सम्मान  गरिने भएको छ । बिगत थुप्रै बर्षबाट गीत संगीतको माध्यामले  जातिय छुवाछुत बिरुद्ध  आवाज उठाइरहेका  यस कुमार पछिल्लो समयमा नेपाली चलचित्र बाट पनि जातिय भेदभाव अनि छुवाछुत बिरुद्ध जन चेतना फ़ैलाइरहेका छन्  । गीत संगीतको कुरा गर्दा यस कुमारका सबै गीतहरु मार्मिक, जातीय छुवाछुत  बिरुद्ध र सुपर हिट  रहेका छन् भन्दा फरक नपर्ला र  गीत संगीत बाट जन चेतना जगाइरहेका एस कुमारले आफ्नो उत्कृष्ट गीत संगीत जस्तै  उत्कृष्ट  चेतना मुलक नेपाली चलचित्र पनि निर्माण गरेका छन्  जसको फलस्वरूप  बाटोमुनिको फुल १ फुल हाउस थियो भने यहि बैशाख १० गते बाट नेपाल अधिराज्य भर चलिरहेको  बाटोमुनिको फुल २ नेपालका अधिकांस फिलिमहल हरुमा फुल हाउस रहेका छन् ।
         आफ्नो जीवनलाईनै छुवाछुत बिरुद्ध आवाज उठाउनमा समर्पित गरेरका एस कुमारलाई उनको यो सराहनीय कार्यकोलागि बुटवलमा एउटा कार्यक्रम बिच सम्मान गरिने भएको छ। यो सम्मान कार्यक्रममा एस कुमार संगै बाटोमुनिको फुल २ का कलाकारहरु पनि बुटवल आउने आयोजकले जानकारी गराएका छन्। मूल आयोजक सुन चाँदी व्यवसायी संघ बुटवल शाखा रुपन्देही र सह आयोजकहरु  सुन चाँदी व्यवसायी महिला समूह  बुटवल , विश्वकर्मा महिला समाज बुटवल , यस.के समाज रुपन्देही , परियार सेवा समाज रुपन्देही , नेपाल स्वतन्त्र सिलाई व्यवसायी संघ रुपन्देही , दलित पत्रकार संघ नेपाल , दलित महिला संघ रुपन्देही र बागेश्वरी संगीतालय बुटवल को आयोजनामा यो कार्यक्रम हुन लागेको हो। सम्मान कार्यक्रम निम्न मिति र स्थानमा हुने भएको छ।

मिति २०७३ बैशाख २६ गते शनिबार स्थान - भ्यू सिनेमा , शिंह कम्प्लेक्स , अमरपथ समय - बिहान ७. ३० बजे 


No comments:

Post a Comment