Friday, July 14, 2017

नेपाल आइडलबाट चर्चा कमाएका अफ्सर अलिले ल्याए आफ्नो पहिलो सांगीतिक कोसेली ! भिडियो सहित हेर्नुहोस !!!



हिड्न थाल्दै छु बाटो यो नौलो 
===========================



असार ३०, बुटवल
अफ्सर अलि, सायदै अहिले नचिन्ने नाम भने होइन l भन्नु पर्दा युटुबमा खोजि गरिने नाम मध्ये एउटा नाम अफ्सर अलि पनि हो l हाल संचालन मा रहेको चर्चित कार्यक्रम नेपाल आइडल बाट अत्यन्त चर्चामा आएका भर्सटाईल गायक अफ्सर अलिले आफ्नो जीवनको पहिलो अफिसियल म्युजिक भिडियो  बजारमा ल्याएका छन् l उनि भन्छन जित्नु मात्र सबै होइन नजिते पनि अगाडी बढ्ने छु , मैले राम्रो गर्न सके भने पक्कै पनि मेरा स्रोता तथा मेरा समर्थकहरुले मलाई सधै माया दिनु हुने छ र साथ् दिनु हुने छ l 
                 गत वर्ष पौष २०७३, मा  बुटवलको औधोगिक व्यापार मेलामा सम्पन्न भएको गायन प्रतियोगिता "भ्वाइस ऑफ बुटवल-२०७३" मा टप ६ मा पर्न सफल प्रतियोगी अफ्सर अलिले आफ्नो उत्कृस्ट गायन प्रस्तुति देखाए बापत एउटा हौसला र उपहार स्वरूप सोहि प्रतियोगिताका निर्णायक बिशाल आत्रेय लगायत प्रेम नेपाली, सागर पाण्डे र नरेश पाण्डेले प्रदान गरेका छन् एउटा म्युजिक अडियो/भिडियो जसमा संगीत र एरेन्ज रहेको छ बिशाल आत्रेयको, मिक्स/मास्टर गरेका छन् नरेश पाण्डेले, यसैगरी क्यामरामा साथ दिएका छन्  सागर पाण्डेले र गीतमा सुमधुर शब्द लगायत निर्देशन अनि सम्पादन रहेको छ प्रेम नेपालीको l 
        हुन त यो भन्दा पनि पहिला पहिला हुने यस्तै गायन प्रतियोगितामा कतिपय प्रायोजकहरुले  बिजेतालाई ईनाम स्वरूप गीत रेकर्ड तथा म्युजिक भिडियो पनि गराइदिने बाचा गरेका थिए  तर अन्तिममा सबैले आफ्ना वाचाहरु बिर्से जुन कुरा सबैलाइ ज्ञात भएकै कुरा हो तर यो पालि चाहि एउटा सच्चा र संगीतमा नै आफ्नो भविष्य खोज्ने असल गायक अलिले एउटा म्युजिक भिडियो पाएका छन् l " म अत्यन्तै खुशी छु मेरो सांगीतिक पाइलामा एउटा इट्टा थप्ने काम सरहरु बाट भएको छ " यसरि अफ्सर अलि ले जोडे l बागेश्वरी संगीतलय, बुटवलमा दोश्रो वर्षमा गायन सिकिरहेका अफ्सरले आगामी दिनहरुमा अझ मेहेनत गर्ने र संगीतबाट नै आफ्नो सपना पुरा गर्ने तथा राष्ट्रलाई समेत चिनाउने  कोसिस गर्ने छु भन्ने बिश्वास दिए l पक्कै पनि एउटा इमान्दार र मेहेनती कलाकारले उचित स्थान पाउनु पर्छ र सबैले आ आफ्नो ठाउ बाट सकेको  सहयोग पनि गर्नु पर्छ, अफ्सर को सांगीतिक यात्रा सधै अगाडी बढिरहोस्  सांगीतिक उज्वल भबिष्यको  हार्दिक सुभकामना !!

No comments:

Post a Comment