Friday, May 20, 2016

प्रेम नेपाली को नया म्युजिक भिडियो आउने || भिडियो सहित हेर्नुहोस || Director/Camera- Sachin Thapa ( Aash Music Company)

बिगत ७ बर्ष बाट संगीत क्षेत्रमा पाइला अगाडी बढाएका प्रेम नेपाली को नया म्युजिक भिडियो बजारमा आउने भएको छ। ठ्याक्कै मिति सम्झदै भन्नु हुन्छ २०६६ साल चैत्र ८ गते बागेश्वरी संगीतालायमा संगीत को औपचारिक शिक्षा लिन भर्ना भएको थिए। २०६८ सालको पर्दर्शनि आइडलमा 2nd Runner up भए लगत्तै प्रेम नेपाली र रिता पुन को समयुक्त एल्बम " बिबश मन " बजारमा ल्याउनु भएको थियो "जसमा बोल है सानु " भन्ने लोक पप गीत चर्चामा रह्यो।

               सोहि बिबश मन एल्बम मा सामबेश रहेको गीत " तिम्रै साथ माग्छु फेरि " भन्ने आधुनिक गीत को भिडियो बजारमा आउन लागेको हो।  जसमा सब्द कमला क्षेत्री को छ भने संगीत तथा एरेन्ज आफ्नै संगीत गुरु सुरेश सेन्चुरी को रहेको छ र हाल बन्न लागेको म्युजिक भिडियो "आश म्युजिक कम्पनि " काठमान्डौले बजारमाल्याउन लागेको हो जसका प्रोप्राइटर तथा निर्देशक/क्यामेरा मेन सचिन थापा हुनु हुन्छ ।  भिडियो सम्बन्धि सबै काम हरु काठमान्डौमा नै सम्पन्न हुने छ र आश म्युजिक कम्पनि मार्फत छिट्टै रिलिज हुने छ। 
यतिका बर्ष कता हराउनु भयो  भन्ने  हामीले गरेको प्रश्नमा प्रेम नेपाली ले भन्नु भयो " म संगीत सिक्दै छु अझ गहिरिएर संगीत बुझ्ने प्रयासमा छु " । यसरि अझै संगीत लाइ नजिक बाट नियाल्ने कोशिस गर्नको लागि प्रेम नेपाली ले बागेश्वरी संगीतालयमा नै संगीत प्रशिक्षण दिन थालेको ३ बर्ष बितिसके छ र संग संगै भिडियो एडिटिंग पनि गर्नु हुदो रहे छ। 
      छिट्टैनै उत्कृष्ट म्युजिक भिडियो बनोस यही शुभकामना हामि दिन चाहन्छौं। सुझाब र सल्लाहको लागी तलको कमेन्ट बक्स मा कमेन्ट गर्नु होला। 

            Director/Camera- Sachin Thapa ( Aash Music Company)

No comments:

Post a Comment