Thursday, May 12, 2016

गाँजा बाजा मा किन सेन्सरको रोक ?? || CENSOR BOARD REJECT NEPALI MOVIE TITLE " GAANJA BAAJA" WHY ??

वास्तबमा चलचित्र भनेका समाजको चित्रण हुन् जसले  सकारात्मक संदेश दिनुपर्छ। हाल चलचित्रमा समाज  र परिवार संग बसेर हेर्न नसकिने कैयौं तेस्ता सिन हरु देखाएको हुन्छ यसको मतलब चलचित्र सेन्सर बोर्ड ले सेन्सर पास गरेको छ।  तर आज एउटा गाँजा बाजा नाम को कारणले सेन्सर बोर्डले पास गरेको छैन यो सबै किन ? आदरणीय गदेश देब पाण्डे दाजु को फेसबुक बाट मैले वहा को इस्टाटस कपी गरेर यहाँ पेस्ट गैरेको छु ताकि वहाको कुरामा मा पनि सहमत छु र सारा जनतालाई यो इसु सुनाउन चाहन्छु। 

नमस्ते, के मैले गाँजाबाजा नाम राख्दा समाजमा बिकृति फैलिन्छ? चलचित्र गाँजाबाजा निर्माण गर्न नेपाल सरकारको नियम अनुसार प्रकृयागतरुपमा दर्ता गर्न निर्माण इजाजत लिन चलचित्र विकास बोर्डमा आबेदन दिदा गाँजाबाजा नाम राख्न नपाइने नाम परिवर्तन गर्नुपर्ने बताउदै मलाई निर्माण इजाजत दिइएन, इजाजत लिन पटक पटक बोर्ड जादा कुनै ठोस कारण बिना फर्काइयो, सम्बन्धित फाटका कर्मचारीसंग निर्माण इजाजत पत्र माग्दा मौखिक रुपमा दिन मिल्दैन माथिको आदेश हो भनियो, बोर्डका अध्यक्ष (माथिबाट आदेश दिने ) ज्युलाइ भेटि मौखिक निबेदन गर्दा कुनै पनि हालतमा गाँजाबाजा नाम राखी चलचित्र निर्माण गर्न नदिने बताइयो, कानुनी रुपमा मिल्दैन भने के कति कारणले नमिल्ने लिखित रुपमा पनि दिइएन ठोस कारण पनि देखाएन, मैले पुन पत्र मार्फत निबेदन गर्दा कानुनले गाँजालाइ लागुऔषध परिभाषित गरेकाले बोर्डको निर्णय अनुसार इजाजत दिन नसकिने जानकारी गराइयो. नेपालको कानुन अनुसार गाँजा ओसार-पसार, बेचबिखन प्रयोग गर्न पाइदैन तर शब्दनै प्रयोग गर्न नपाइने पनि हुन्छ ?मैले गाँजाबाजा मार्फत आजको सामाजिक यथार्तको एउटा पाटोलाइ चित्रण गरेको छु, गाँजाबाजाले समाजमा कुनै पनि प्रकारको बिकृति नल्याउने  गाँजाबाजा नामले कसैलाइ सामाजिक,व्यक्तिगत भावानामक असर नपुर्याउने हुदा गाँजाबाजा किन राख्न नपाउने? मेरा रचना सार्वजनिक भए पछि मन पराउनु नापराउनु दर्शकको अधिकारको तर मेरा भावना ब्यक्त गर्ने, मेरो रचनाको नामकरण गर्न पाउनु मेरो अधिकार हो भन्ने मैले बुझेको छु  यो देशको जिम्मेदार नागरिक हु समाज प्रति उत्तरदायी छु, नेपालको सम्बिधानलाइ सम्मान गर्दै यसले दिएको सिर्जनात्मक अधिकारको माग गर्दछु, गणतन्त्र भएको देशमा के कति कारणले गाँजाबाजा नाम राखेर चलचित्र निर्माण गर्न मैले पाउदिन मैले बुझ्न सकेन, बिना कारण एउटा रचनाकारले मानसिक आर्थिक तनाब झेल्नु परेको , मैले गलत निर्णयलाइ सहि निर्णयमा बदल्न यस समाजको साथ हिम्मत पाउने छु अदालतबाट न्याय पाउने छु भन्ने पुरा विश्वास राखेको छु। 

गणेश देब पाण्डे 

No comments:

Post a Comment