Thursday, May 5, 2016

बुटवलको उदाउँदो गायक बिक्रम राना ( भिडियो सहित ) RISING STAR OF BUTWAL || BIKRAM RANA

पाल्पा को चिलाङ्दी भन्ज्याङ्ग भन्ने ठाउँ मा जन्मेका बिक्रम सानै उमेर बाटनै गीत संगीत भने पछि हुरुक्कै हुन्थे। कक्षा ४ सम्म को अध्ययन पछि रुपन्देहि जिल्ला को मुर्गिया भन्ने ठाउँमा विक्रमको परिवार सहित बसाइसराइ भयो। त्यसपछि जनकल्याण मा.बि. मा कक्षा ५ बाट पुन अध्ययन सुरु गरेका बिक्रम स्कुलमा हुने कार्यक्रममा समेत भागलिने गर्थे। २०६८ सालमा यस. एल. सी पास गरे पछि नेपाल टेलिभिजन को रियालिटी सो डान्स कम्पुटेसन छमछमि मा भाग लिए उक्त कम्पुटेसन मा तेस्रो राउण्ड सम्म देशभरिको प्रतियोगि बाट top 15 सम्म पर्न सफल भएका थिए ,त्यसबेला उनि काठमाण्डौ को चुच्चे पाटि मा रहेको फ्युचर म्युजिक सेन्टर मा नृत्य पनि सिक्थेँ। त्यसपछी रुपन्देहि कै मुर्गिया स्थित रहेको कलेज सुनगाभामा प्लस टु पढ्दा पढ्दै बुटवल को बागेश्वरी संगीतालयमा गायन सँगित को कक्षा लिन सुरु गरे । करिब 2 बर्ष जति गायन कक्षा लिए संग संगै आफ्नो प्लस टु सम्म को अध्ययन सके पछी रुपन्देहि को रामापुर मा सानो डान्स एकेडेमि खोलेर डान्स सिकाउन थाले र विभिन्न बोर्डिङ स्कुलहरु मा पनि डान्स संगै गायन सिकाऊन सुरु गरे।
यसरि आफ्नो रुचिको क्षेत्रलाइ अंगाल्ने क्रममा आफ्नै सब्द संगीतमा रहेको तिम्रो रुप एति सुन्दर भन्ने एउटा गीत उनले रेकर्ड गरे जसमा एरेन्ज उनकै गुरु सुरेश सेन्चुरी को रहेको थियो। बिक्रम राना को भनाइ अनुसार यो गीतले त्यति धेरै सफलता नदिए पनि अझ अगाडी बढ्ने हौसला प्राप्त भएको बताउछन। मिडिया प्रमोसनराम्रो नहुनाले गीत चल्न सकेन उनको भनाइ छ यदपि गीतले मलाई बिक्रम राना गायक/कालाकार भनेर चिनायो भन्ने दाबि गर्छन। केहि समयको अन्तराल पछि रानाले पुन २ ओटा गीत रेकर्ड गरे झम्के साँझ र हिजो सम्म। झम्के साँझ एउटा लोक पप गीत हो जसमा चर्चित मोडल पुर्णिमा श्रेष्ठ संगै आफैले अभिनय गरेका छन्। बिष्णु भट्टराई को निर्देशन रहेको यो भिडियोको यू टुब भिवर्स राम्रै रहेको रानाले बताए। सब्द सृजना संगै संगीत संयोजन पनि गर्ने बिक्रम राना नृत्य र अभिनयमा पनि दख्खल राख्छन यो कलालाई चाही मान्नै पर्छ। अर्को हिजो सम्म भन्ने गीत को पनि भिडियो बन्ने तयारी भैरहेको बताउछन। नृत्य पनि उनको अर्को पाटो रहेको बताउने रानाले हाल सम्म ५ ओटा म्युजिक भिडियो मा नृत्य कोरियोग्राफ गरिसकेका छन्। भर्खर मात्र एउटा नयाँ गीत मानेन मानेन भन्ने गीत को म्युजिक भिडियो पनि उनले सार्बजनिक गरिसकेका छन् । यसै गरि अरुको एल्बममा गाउने अफर पनि आउने गरेको उनले बताउछन। आधुनिक , फिल्मी ,लोप पप, लोक गीत तथा सेमी क्लासिक गीत पनि राम्रो संग गाउने राना लाइ एउटा सालैजो भाका को गीत गाउने र कोरियोग्राफ गर्ने अफर आएको बताउछन।
अन्त्यमा गीत संगीत बाट बाच्न सकिन्छ? र भबिष्यको योजना कस्तो छ भन्ने मेरो प्रश्नमा बिक्रम राना भन्नु हुन्छ, "जीवन मा धेरै पैसा कमाएर मोज मस्ति गर्ने मेरो रहर छैन, त्यति धेरै ठुला र महत्वाकांछी सपना पनि छैन। अबको योजना देश भक्ति झल्काउने खालको गीत संगीत सृजना गर्छु र जस्ले जे सुकै भनोस सँगित मेरो नशा हो यसैमा मा नै बाच्ने आधार खोजेको छु।"
यसरि गीत संगीतलाई नै जीवन को बाच्ने आधार बनाएर हिड्ने अठोट बोकेका बिक्रम राना मा साँच्चैनै सरस्वतीले बास गरेकी छिन। अझ राम्रो हुँदै जाओस आगामी दिनमा अझ राम्रा राम्रा सिर्जना हामीले सुन्न हेर्न पाइयोस धेरै धेरै सुभकामना बिक्रम राना लाइ।

बिक्रम रानाका म्युजिक भिडियो हेर्न तलको लिंक मा जानुहोस
१- तिम्रो रुप एति सुन्दर


२- झम्के साँझ


३ - मानेन मानेन

No comments:

Post a Comment