Monday, April 25, 2016

२०७२ बैशाख १२ गतेले फेरि रुवायो सबैलाई


गत २०७२  बैशाख १२ गते साएदै कमैले बिर्सिए होलान। अझै पनि धेरैका आखाहरु ओभानो भएका  छैनन्।  संझिदा नि कहाली लाग्दछ त्यो पल।  त्यही  महा भूकम्प मा परि दिवंगत हुनु भएका नेपाली दाजु भाई तथा दिदि बहिनिहरुको चिर शान्तिको कामना गर्दै र अंग भंग हुनुभएका  सबैमा ईश्वरले सहन गर्ने शक्ति प्रदान गरुन र एस्तो विपत्तिको सामना कहिलै पनि गर्न नपरोस भन्दै २०७३ बैशाख १२ गते साँझ देश भरि दियो तथा मैन बत्ती प्रज्वलन गरियो।
                          अझै पनि पराकम्पनहरु जाने क्रम रहिरहदा फेरि पनि ठुलो भूकम्प जान्छ कि भन्ने आशंका हामी माझ रहेको छ। तेसैले हामी सबै कामना गरौँ कि अब त्यस्तो  नहोस।  दियो तथा मैन बत्ति बाल्ने क्रममा तिलोत्तलमा नगरपालिका - २ मा रहेको "जागृति युवा क्लब" को आयोजनामा क्लबकै भवन परिसरमा  दियो तथा मैन बत्ति बालेर महा भूकम्पमा परि दिवंगत हुनु भएका नेपाली दाजु भाई तथा दिदि बहिनिहरुको चिर शान्तिको कामना गर्दै र अंग भंग हुनुभएका  सबैमा ईश्वरले सहन गर्ने शक्ति प्रदान गरुन तथा  भुकम्प पिडितलाई सरकार बाट छिट्टै राहत कार्यक्रम प्रदान गरियोस भन्ने अभिव्यक्ति समेत क्लब तथा बुद्धिजीबी वर्ग बाट ब्यक्त गरियो। 

No comments:

Post a Comment