Tuesday, April 26, 2016

हामी सबै को विश्वास "लाहुरे टासिएको भिर " भिडियो सहित हेर्नुहोस

  हामी नेपालीहरु आस्थाबादी छौं र भगवान माथि पूर्णरुपमा बिश्वास पनि गर्छौं त्यसैलेत हरेकदिन पुजाआजा गर्छौं  र  विभिन्न तिर्थ स्थल जाने गर्छौं।  सन्दर्भ हो अर्घाखाँची सुपादेउरालीको, हरेकदिन त्यहाँ  धेरै भन्दा धेरै आस्थावान मानिसहरुको भिड लाग्ने गर्छ र एउटा बिश्वास पनि रहिआएको छ यदि साँचो मनले सुपादेउराली माई  लाइ पूजा गरियो भने मनोकामना अवस्य पुरा हुन्छ ।
                             सुपादेउराली मन्दिर संग संगै अर्को बिश्वास अनि आस्था जोडिएको र प्रचलित पनि छ त्यो हो "लाहुरे टासिएको भिर " । सुपादेउराली मन्दिर बाट करिब आधि किलोमिटर तल यो भिर रहेको छ । पुरानो जन बिश्वास अनुसार एउटा मान्छेले भारतको सेनामा भर्ति हुन जादा सुपादेउराली माई संग " हे माई म भर्ति भए भने म तिम्रोलागि कालो बोका चढाऊला मेरो यो मनोकामना पुरा गर" यसरि भाक्कल गरेर भर्तिहुन गएछ र भर्ति भएर लाहुरे भै  फर्केर  आउँदा कालो बोका नलिई आएछ तेसपछी सुपादेउराली माईको  बाटो भएर जान उसलाई अफ्ट्यारो लागेर सुपादेउराली माईको  बाटो छलेर जान्छु भनि  अर्को बाटो जादाँ भाक्कल पुरा नगरेको हुनाले  सुपादेउराली माईले उक्त मान्छेलाई भिरमा टासी दिएको जन मानसमा बिश्वास रहदै आएको छ। त्यसैले त्यो भीरमा लाहुरेको  आकृति भएको बिश्वास रहेको छ र  त्यो भिर लाई लाहुरे टासिएको भिर पनि भानिन्छ।
                               भिडियो हेर्न तलको लिंकमा किलिक गर्नुहोस्। 
                         +

No comments:

Post a Comment