Tuesday, February 7, 2017

संगीत क्षेत्रमा उदाउदै गरेका " अफ्सर अलि " लाइ ठुलो उपहार !! भिडियो सहित !! VOICE OF BUTWAL 2073

भर्खरै मात्र सम्पन्न भएको बुटवल ट्रेड फेयर २०७३ मा चर्चित कार्यक्रम VOICE OF BUTWAL को TOP 6 मा पर्न सफल कोटिहवा निवासी " अफ्सर अलि " ले उत्कृष्ट गायन प्रस्तुति गरे वापत उपहार स्वरुप एउटा म्युजिक भिडियो सहितको  गीत प्राप्त गरेकाछन ! बुटवलको बागेश्वरी संगीतालायामा दोश्रो बर्षमा गायन सिकिरहेका अफ्सर अलि मेरो कला र प्रस्तुति देखेर सरहरुले मलाई हौसला स्वरुप यो अफर गर्नु भएको कुरा अफ्सर अलिले बताए ! अफ्सर लाइ यो उपहार दिनेहरुमा प्रेम नेपाली , सागर पाण्डे ,  नरेश पाण्डे र VOICE OF BUTWAL मा उनलाइनै JUDGE गर्ने JUDGE बिशाल आत्रेय रहेका छन् ! अफ्सरको गीतमा सब्द प्रेम नेपाली, संगीत र एरेन्ज बिशाल आत्रेय,  गीत रेकर्ड र मिक्सिंग नरेश पाण्डे ( Rhythmic Wave  Studio)  ले गर्ने छन् भने छायाँकन सागर  पाण्डे तथा भिडियो निर्देशन र सम्पादन प्रेम नेपाली को रहने छ ! भर्खरै गीत रेकर्ड को काम पुरा भएको छ र केहि दिनमा  मिक्सिंग मास्टरिङ् लगायत  भिडियोको पनि काम सकिने कुरा पनि अफ्सर ले बताए !

             एउटा राम्रो कलाकारलाई माथि उठाउन को लागि हामीले यो कदम चालेको सहयोगी टिम ले जानकारी दिनु भयो ! बुटवल मा हुने यस्ता कार्यक्रम मा यो भन्दा पहिले पनि धेरैले गीत रेकर्ड गर्दिन्छु भिडियो गर्दिन्छु भनेर आस्वासन देखाए पनि अहिले सम्म कसैले नगरेको कुरा सबैलाइ ज्ञात छदै छ ! यो बिचमा फेरि अफ्सर अलि ले आस्वासन पाएका छन् उनले पाएको  आस्वासन सत्यमा परिणत हुन्छ वा हुदैन हेर्न बाकि नै छ !
         संगीतमा नै भबिष्य खोजिरहेको छु ! मेरो जीवनको यो पहिलो गीत आशा छ राम्रो हुनेछ र मेरो तर्फबाट सक्दो कोशिस गरेको छु ! आदरणीय सर लाई हृदय  बाट धेरै धेरै कृतज्ञता प्रदान गर्छु र मेरो गीत सुनेर र भिडियो निर्माण पछि हेरेर प्रतिक्रिया दिन सबै मा आग्रह गर्छु  यसरि अफ्सर अलिले अन्तिममा ब्यक्त गरे !
   भाइको सांगीतिक भबिष्य उज्ज्वल रहोस सुभकामना !!!!!

गीत
===========================================
 खुशी उमंग सबै भर्दै आयो मौसम , बसन्तको बहार झैँ
सात सुरको रंग छर्दै आयो सरगम , शुन्दर सुरिलो राग झैँ
संग्लिदै छ सपनाहरु , कसरि समेटु हाथले
यहाँ सम्म आइपुगे म , हजुर हरुको साथले
हिड्न थाल्दै छु बाटो यो नौलो        
खोज्दै भोलिको बिहानी सुनौलो  !

कत्ति मिठो यो पल संगालेर राखु  लाग्यो
इतिहास रच्ने जोश जाग्यो
हिड्दै थीए एक्लै जब , अस्तित्व थियो  शुन्य
फेरियो समय मिल्यो अब , मौका मिठो सम्बन्ध बुन्ने
हिड्न थाल्दै छु बाटो यो नौलो        
खोज्दै भोलिको बिहानी सुनौलो !!

सा नि सा नि सा नि सा नि सा ग रे सा नि सा - २
म म ग रे नि सा नि प नि रे नि सा
प ध नि ध नि सा नि सा रे सा रे ग म प
 प म ग रे सा नि सा ग रे सा

थाक्ने छैन कदम , सधै अघि बढ्न सकु
नेपाली हु म  नेपाल लाइ, संसार भरि चिनाउन सकु
नेपाली भाका नेपाली धुन, संसार भरि सुनाउन सकु
लड़बडाउदा पाइलाहरु , आशिर्वाद शिरमाथी
आम बुवा सबै छन् यहाँ , आत्मिय मेरा साथी
हिड्न थाल्दै छु बाटो यो नौलो        
खोज्दै भोलिको बिहानी सुनौलो !!!
============================================





No comments:

Post a Comment