Tuesday, March 28, 2017

एका बिहानै गर्नुहोस तौल घट्छ



द युनिभर्सिटी कलेज, लण्डनको एक शोध अनुसार तौल नियन्त्रणमा राख्नका लागि शरिरको मेटाबोलिजम रेट राम्रो हुन आवश्यक छ । यसले बोसो घटाउने प्रक्रियालाई गतिशील बनाउँछ जसले शरिरमा बोसो जम्मा हुनबाट रोक्छ । यस्तो अवस्थामा यदि हामी बिहान केही क्रियाकलाप र खान पिनमा ध्यान दिन्छौं भने तौललाई निकै सजिलै नियन्त्रणमा राख्न सक्छौं ।

मनतातो पानीः बिहान उठ्ने बित्तिकै खाली पेटमा एक ग्लास मनतातो पानी पिउनुहोस् । यसले शरिरको टक्सिन बाहिर निकाल्न र शरिरमा बोसो घटाउनका लागि मद्दत गर्दछ ।

बिहानको घामः दैनिक बिहान १५ देखि २० मिनेट घाममा बस्दा मेटाबोलिजम बढ्ने गर्दछ । यसले पनि तौल नियन्त्रण गर्न सहयोग गर्दछ ।

ग्रिन टीः बिहान दुध हालेको चियाभन्दा चिनी नहालेको ग्रिन टी वा हर्बल टी पिउनुहोस् । यसमा पाइने एन्टिअक्सिडेन्टले बोसो घटाउने प्रक्रियालाई तेज बनाउँछ । दैनिका बिहान ३० मिनेट मज्जाले हिँड्नुहोस् वा व्यायाम गर्नुहोस् । यसले फ्याट बर्न गर्छ र शरिरको क्रियाकलापलाई राम्रो बनाउँछ । यसले तौल घटाउन सहयोग गर्दछ।

कागती पानीः व्यायाम पछि एक ग्लास कागती पानी पिउनुहोस् । यसले पाचन क्रियालाई बलियो बनाउँछ र शरिरमा बोसो जम्मा हुन दिँदैन।

ध्यानः दैनिक बिहान १० मिनटेसम्म ध्यान गर्नुहोस् । यसले तनाव कम गर्छ र तौल नियन्त्रण गर्न मद्दत गर्दछ।

प्रोटिनयुक्त नास्ताः दैनिक बिहान नास्तामा अण्डा, दुध, ओट्स, पनिर, चिजजस्ता खानेकुरा खानुहोस् । यसमा प्रेटिनको प्रचुर मात्रा हुन्छ जसले तौल घटाउन सहयोग गर्दछ ।

तौल घटाउनुभन्दा पहिले यी कुरा ध्यानमा राख्नुहोस्

धेरै व्यायाम नगर्नुहोस्ः धेरै तौल घटाउने चक्करमा धेरै व्यायाम गर्ने गल्ती नगर्नुहोस् । यसले कमजोरी, थकान, मांसपेशी दुखाईजस्तो समस्या हुनसक्छ ।

धेरै डाइटिङ नगर्नुहोस्ः तौल कम गर्नका लागि डाइटिङको नाममा केही पनि नखाँदा यसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । यसले तौल कम गर्नुको साटो तपाईंलाई रोगको शिकारी बनाउँछ ।

सर्टकट नअपनाउनुहोस्ः धेरै तौल घटाउने चक्करमा फूड सप्लिमेन्ट खानु, आवश्यकता नहुँदा पनि शल्यक्रिया नगराउने जस्ता शर्टकटले तपाईंलाई फाइदाको साटो नोक्सानी पुर्याउँछ ।

रक्सी नखानुहोस्ः रक्सी र बियरमा धेरै क्यालोरी हुन्छ । यसले तौल बढाउँछ । त्यसकारण रक्सी नखानुहोस् ।

पर्याप्त निदाउनुहोस्ः दैनिक कम्तीमा पनि ७ घण्टा निदाउँदा तौल घट्न सहयोग गर्दछ । त्यसकारण पर्याप्त सुत्नुहोस् ।

ब्रेकफास्ट वा बेलुकाको खाना नछोड्नुहोस्ः तौल घटाउने चक्करमा ब्रेकफास्ट वा डिनर नछोड्नुहोस् । यसो गर्दा धेरै भोक लाग्छ र धेरै खान्छौं जसले तौल बढाउँछ । 

No comments:

Post a Comment