Saturday, April 1, 2017

जागृति युवा क्लब र स्वर्गद्धारी होमियो फार्मेसीको १ दिने स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न


चैत्र १९ गते , २०७३ शनिबार छाप नेपाल प्रा लि द्धारा संचालित " स्वर्गद्धारी  होमियो फार्मेसी " र तिलोत्तमा -२ अवस्थित  " जागृति युवा क्लब "को संयुक्त आयोजनामा  १ दिने स्वास्थ्य शिविर कार्यक्रम सफल भएको छ।
कार्यक्रममा करिब १०० जना बिरामीहरुले आफ्नो स्वास्थ्य निशुल्क जाच गराएका थिए भने ,स्वर्गद्धारी  होमियो फार्मेसीका डाक्टर दिनेश कुमार शर्मा ज्युले निशुल्क रगत जाँच  तथा निशुल्क औषधि पनि वितरण गर्नु भएको थियो।

                   वि.स २०६२  सालमा स्थापना भएको जागृति युवा क्लबले विविन्न  सांस्कृतिक क्रार्यक्रम , सरसफाई अभियान , Dust bin वितरण , सरुवा रोग सचेतना अभियान , रक्तदान कार्यक्रम तथा अन्य थुप्रै कार्यक्रम गर्दै आइरहेको छ।  क्रार्यक्रमकै बिचमा समाज सेवामा लागि परेको जागृति युवा क्लबले सबै को मन जितेको कार्यक्रमका सल्लाहकार तथा निवर्तमान अध्यक्ष  गोविन्द भुषाल ज्युले जानकारी दिनु भयो।
          कार्यक्रम क्लबका अध्यक्ष अर्जुन पौडेल, सचिव प्रेम नेपाली , कोष-अध्यक्ष  माधव गौतम लगायत क्लबका अन्य पदाधिकारीको रोहवरमा सम्पन्न भएको थियो।

               तिलोत्तमा - २ मा रहेको स्वर्गद्धारी  होमियो फार्मेसीका डा. बिनोद कुमार शर्मा ले  स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा रोग , पेट रोगहरु, मानशिक रोगहरु, पुरुष तथा महिला सम्बन्धि रोगहरु, स्वास प्रस्वास सम्बन्धि रोगहरु, आदिको निशुल्क चेक जाँच तथा औषधि वितरण गर्नु भएको थियो।


No comments:

Post a Comment